PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

राजा वीरेन्द्रको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै गगनले भने : अहिलेको लामो भयो, बेलायतमा १० मिनेटमा सकिन्छ



पहिलोपोस्ट

राजा वीरेन्द्रको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै गगनले भने : अहिलेको लामो भयो, बेलायतमा १० मिनेटमा सकिन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको नीति तथा कार्यक्रम लामो भएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रम लामो भएको र ल्याउने तरिका पनि ठीक नभएको उनले बताए।

बुधवार प्रतिनिधिसभामा विशेष समयमा आफ्नो धारणा राख्दै गगनले भने, 'यो नीति तथा कार्यक्रम १८८ बुँदे छ।'

नीति तथा कार्यक्रममा सबै थोक भए पनि काम भने नहुने गरेको उनको भनाई छ। तत्कालीन राजा वीरेन्द्रले ल्याएको नीति तथा कार्यक्रम अहिलेको भन्दा बेश भएकोसमेत गगनको भनाई थियो।

'यो केका लागि ल्याएको भनेर छलफल नहुँदा हामी अलमलिन्छौ। बेलायतमा किङ्स स्पिच भन्ने हुन्छ। १० मिनेटमा सकिन्छ वाचन,' थापाले भने, 'हाम्रोमा पनि त्यही २०४८ सालमा राजा वीरेन्द्रले वाचन गर्दा त्यस्तै थोरै थियो जम्मा २४ बुँदा थियो। मुलत नीतिको कुरा थियो।'

अब आउने नीति तथा कार्यक्रम छोटो हुनुपर्ने उनको भनाई थियो। 'यो पाँच पेजको होस्। ल्याउने तरिका नयाँ होस्,' थापाले भने। यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम करिब पौने २ घण्टा वाचन गरेका थिए।

संसदमा धेरै कुरा घुमाइफिराइ आइरहेको उल्लेख गर्दै थापाले 'म्यान्डेट'बारे कुनै विषय स्पष्ट नभएको बताए। 'नयाँ सरकार आउँछ। भाषण सुन्दै गर्दा प्रधानमन्त्रीलाई सबै कुरा थाह पाएजस्तो हुन्छ। तर यो बयानबाजीमात्र हुन्छ। प्रधानमन्त्री मन्त्रीले निर्देशन दिन्छ,' निर्देशन र घोषणापत्र पत्रिकामा आउँछ। त्यही कुरा हामीले संसदमा उठाउँछौ।'

प्रधानमन्त्रीले राखेको भिजन नीति तथा कार्यक्रममा नआउनेसमेत उनको भनाई थियो।

'प्रधानमन्त्री कार्यालयमा सचिवहरु हुन्छन्। जो ठिक ठाउँमा मेरो सरुवा भएन भनेर कुरिरहेका हुन्छन्। त्यो सचिवहरुको सानो समूह बनाइन्छ। त्यही सानो समूहले कम्पाइल गरेको फाइललाई नीति कार्यक्रम भनिन्छ। हामीले यस्तै गर्दै आइरहेका छौ,' उनले भने।

यसबारे अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अर्थमन्त्री डा प्रकाशशरण महतलाई यसबारे सुझावसमेत बुझाएको उनले बताए।

'विश्वप्रकाश शर्मा र मैले उहाँकै कार्यालयमा हाम्रो सन्दर्भमा तालिका कस्तो हुनुपर्छ भनेर बुझाएका छौ,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell