PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'पुष्पा २' मा रणवीर सिंहको 'इन्ट्री' हुन सक्ने



पहिलोपोस्ट

'पुष्पा २' मा रणवीर सिंहको 'इन्ट्री' हुन सक्ने
Photo: koimoi.com

अल्लु अर्जुन र रश्मीका मन्दानाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को छायाङ्कन भइरहेको छ। यसैबीच, पुष्पाको सिक्वेलामा बलिउड अभिनेता रणवीर सिंहको 'एन्ट्री' हुने बताइएको छ।

‘पुष्पा २’ मा रणवीर प्रहरीको भूमिकामा देखिन सक्ने भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। रणवीरको भूमिका फिल्ममा महत्त्वपुर्ण हुनेछ। तर, यसबारे निर्माण टिमले भने कुनै जानकारी दिएको छैन।

निर्देशक सुकुमारले फिल्ममा धेरै क्यामियो रोल ल्याउने पनि चर्चा छ। फिल्म उद्योगका ठूला कलाकारहरु पुष्पासँगै देखिन सक्नेछन्। यसअघि नै अभिनेता फहद फासिललाई पनि फिल्मका लागि 'कास्ट' गरिसकिएको छ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ बक्स अफिसमा निकै सफल भएको थियो। सुकुमार निर्देशित फिल्मले विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell