PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

गगन थापाबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : सडकमा ढुंगा हानेर नेता भएको



पहिलोपोस्ट

गगन थापाबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : सडकमा ढुंगा हानेर नेता भएको

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले कानुन सबका लागि बराबर भए पनि व्यवहारमा नभएको बताएका छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पनि फौजदारी मुद्दा भए पनि त्यसबारे केही कारवाही नभएको बताए।

'प्रधानमन्त्रीका विरुद्ध पनि फौजदारी मुद्दा छ। कानुन सबका लागि बराबर हो किन लेखेको। प्रधानमन्त्री भएकाहरुका लागि अलग्गै भनेर लेखौं न,' शाहीले भने। उनले सरकारको नीति तथा कार्यक्रम व्यवहारिक नभएको भन्दै उनले बागबजारमा फोटोकपी गर्ने खालको मात्रै भएको उनले बताए।

'नीति तथा कार्यक्रम बागबजारमा फोटोकपी गर्न पाइन्छ,' उनले भने।  शाहीले अहिलेको शिक्षा पनि काम नलाग्ने भएको बताइन्छ। उनले नेपालको शिक्षा सुगा रटाइ भएको बताए। 'कतिपय साथीहरु सडकमा ढुंगा हानेर नेता बन्नु भएको छ,' नेपाल कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell