PahiloPost

May 24, 2026 | १० जेठ २०८३

मण्डला थिएटरमा ‘बुद्ध र भिकारी’ मञ्चन हुने



पहिलोपोस्ट

मण्डला थिएटरमा ‘बुद्ध र भिकारी’ मञ्चन हुने

काठमाडौं : थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिकारी’ मञ्चन हुने भएको छ। नेपाली लोककथामा आधारित यस नाटकलालाई छायाँ (स्याडो)को माध्यमबाट देखाइनेछ।  

चुलाभुली थिएटरको प्रस्तुती रहेको नाटकमा चेतन आङथुपोको नाट्य रुपान्तरण र अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको छ। यसअघि यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो।

नाटकमा बेदना राई, प्रतिना राई, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, रमिता राई, रूपेश लामा, गणेश ताण्डब,  सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर लगायतको अभिनय छ। यो नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell