PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बसले ठक्कर दिँदा मकवानपुरमा एक पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

बसले ठक्कर दिँदा मकवानपुरमा एक पैदलयात्रुको मृत्यु

मनहरी : हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।

बुधवार बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि-७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।

बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell