PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रदेशसभामा सहयात्रीले भने : मदन भण्डारी हत्याकाण्डको फाइल खोलौं



पहिलोपोस्ट

प्रदेशसभामा सहयात्रीले भने : मदन भण्डारी हत्याकाण्डको फाइल खोलौं

हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न माग गरेका छन्।  

प्रदेशसभामा बुधवार विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले मदन भण्डारीको हत्याको विषयको फाइल खोल्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार धेरै ठाउँमा भएको बताउँदै सांसद पौडेलले राजदरवार हत्याकाण्डसहित राजतन्त्र भएका बेला भएका अपराधकोसमेत छानविन गर्न राजावादीहरुलाई तयार हुन आग्रह गरेका थिए।

‘यो देशमा राजतन्त्रकालिन अवस्थामा भएका मुर्ति चोरी, तस्करी, भ्रष्टाचार विभिन्न ढंगले भएका छन्। यसको पनि फाईल खोलियोस्’, उनले भने, ‘यहाँबाट हामीले भ्रष्टारको नयाँ अभियान थालेर अगाडि जान जरुरी छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणप्रति इंगित गर्दै पौडेलले भ्रष्टाचारको ठुला माछामाथी प्रहार गर्ने केन्द्र सरकारलाई विभिन्न पक्षबाट 'डाइभर्ट' गर्ने प्रयास भएको आरोप समेत लगाएका छन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठमा दासढुंगामा गाडी दुर्घटनामा निधन भएको थियो। सो दुर्घटनामा उनीसँगै जीवराज आश्रितको पनि निधन भएको थियो। सो दुर्घटनाबारे अनुसन्धान गर्न आयोगहरु बने पनि दुर्घटनापछाडिको वास्तविकता भने हालसम्म बाहिर आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell