काठमाडौं : नवराज विकको हत्या भएको आज तीन वर्ष पूरा भएको छ। २०७७ साल जेठ १० गते सोती घर भएकी युवतीको घरमा जाँदा विकसहित ६ जनाको हत्या भएको थियो। सोही दिनलाई अधिकारवादीहरुले प्रतिरोध दिवसका रुपमा मनाउँदै आएका छन्।
आज प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला सङ्गीत समूहले नवराज विक लगायत ६ जना युवाको सम्झनामा कविता र गीतसहित विशेष सांस्कृतिक सभा कार्यक्रम आयोजना गरेका हुन्।