PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा



पहिलोपोस्ट

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं : सरकारले बिहिबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

ललितपुरको जावलाखेलमा रथ पुर्‍याएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ। यो दिन राष्ट्रपति गएर भोटोजात्रा अवलोकन गर्ने परम्परा रहेको छ।

भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई रथबाट निकालेर खटमा राखेर बुंगमती लगिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell