PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

लगातार दुई जितपछि नेपाल पराजित, भारतको तेस्रो जित

लगातार दुई जितपछि नेपाल पराजित, भारतको तेस्रो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एनएससी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा भारतले नेपालमाथि ३-१ को सेटमा जित निकालेको हो।

पहिलो सेटमा २५-१२ को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो सेटमा भने भारतलाई राम्रो टक्कर दिएको थियो। पालैपालो लिड गर्दा भारतले २६-२४ को अन्तरले जित निकाल्यो। तेस्रो सेटमा ब्लकमा कमजोरी तथा सर्भिसमा कमजोरीको बावजुत सुरुवाती अंक प्रतिस्पर्धात्मक रह्यो। तेस्रो सेटमा २५-२१ ले नेपालले जित निकाल्न सफल रह्यो। चौथो सेटमा पनि नेपालले चुनौती राम्रो प्रस्तुत गरे पनि सर्भिसमा र डिफेन्समा कमजोरी हुँदा २५-२१ ले पराजित हुन पुग्यो।

आफ्ना सुरुवाती दुई खेलमा बंगलादेश र किर्गिस्तानलाई हराएका यी दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्बेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।

नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई २५-११, २५-१९ र तेस्रो सेट २५-११ ले हराएको थियो। त्यस्तै मंगलवार बंगलादेशलाई २५-१०, २५-८ र २५-९ को सेटमा हराएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell