PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

आवास लामिछानेको दोहोरो गोलमा एपीएफले संकटालाई हरायो, एनआरटीसँग आर्मी स्तब्ध



पहिलोपोस्ट

आवास लामिछानेको दोहोरो गोलमा एपीएफले संकटालाई हरायो, एनआरटीसँग आर्मी स्तब्ध

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार एपीएफ र न्युरोड टीम (एनआरटी) विजयी भएका छन्।

च्यासल मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपीएफले संकटा क्लबमाथि २-१ गोलअन्तरको जित निकालेको हो। एपीएफलाई जित दिलाउन आवास लामिछानेले दोहोरो गोल गर्दा संकटाका मनिष डाँगीले सान्त्वना गोल फर्काए। लामिछानेले खेलको २४ र पहिलो हाफको इन्ज्युरी सयमा गोल गर्दा ५० औँ मिनेटमा मनिष डाँगीले गोल फर्काएका थिए। 

आजै दशरथ रंगशालामा सम्पन्न अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी एनआरटीसँग १-० गोलअन्तरले पराजित भयो। एनआरटीको जितमा क्रितिस छोन्जुले ७८ औँ मिनेटमा निर्णायक गोल गरे।

जितसँगै एपीएफ र एनआरटीले समान २६ अंक जोडेका छन्। थ्री स्टार र हिमालयन शेर्पाको पनि समान २६ अंक छ। आर्मीको २९ अंक छ भने संकटाको २३ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell