PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट, पेशी १७ गते



पहिलोपोस्ट

रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट, पेशी १७ गते

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नेपाली नागरिक पुनर्प्राप्तिका लागि अमेरिकी राहदानी त्यागेको निस्सा नबुझाएको आरोपमा लामिछानेविरुद्ध युवराज पौडेल सफलले सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

'सर्वोच्चले रिटको पेशी जेठ १७ गते बिहान १० बजेका लागि तोकेको छ। २०८० साल जेठ १७ गते दिनको १० बजे पेशी तारेखमा यस अदालतमा हाजिर हुन आउनु होला,' निर्वाचन आयोगलाई समेत सर्वोच्चले भनेको छ।

सर्वोच्चले  जेठ २ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई  र जेठ ३ गते अध्यागमन विभागलाई अमेरिकी राहदानी त्यागेको निस्सा पठाउन आदेश दिएको थियो। जिल्ला प्रशासनले भने राहदानी त्यागको निस्सा कार्यालयसँग सम्बन्धित नरहेको भन्दै जवाफ पठाएको थियो। अध्यायगमनले भने यसअघि नै सक्कल कागजात सर्वोच्चलाई बुझाइसकेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell