बुटवल : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेशसभाको अधिवेशन जेठ १२ गते शुक्रवार दिउँसो १ बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन गत बैशाख २९ मा अन्त्य भएको थियो।