PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी  भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीवार राति देशका विभिन्न भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell