PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

आईपीएल: लखनउ बाहिरियो, फाइनल पुग्न मुम्बईले गुजरातसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

आईपीएल: लखनउ बाहिरियो, फाइनल पुग्न मुम्बईले गुजरातसँग प्रतिस्पर्धा गर्ने
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर चरणबाट लखनउ सुपर जायन्ट बाहिरिएको छ। गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्ससँग ८१ रनको पराजय ब्यहोरेसँगै लखनउ बाहिरिएको हो।

चेन्नइस्थित चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरन ग्रिनले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहाल वधेराले २३ तथा इशान किसनले १५ रनको योगदान दिए। बलिङतर्फ लखनउका नवीन-उल-हकले ४ विकेट लिँदा यस ठाकुरले २ तथा मोहसिन खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउ १६.३ ओभरमा १०१ रनमा समेटियो। मार्कस स्टोइनिसले ४० तथा दीपक होडाले १६ रन बनाउँदा त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ मुम्बईका आकाश मधवालले ५ विकेट लिँदा क्रिस जोर्डा र पियुस चावलाले १ विकेट लिए।

योसँगै मुम्बईले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग क्वालिफायर्स खेल्नेछ। गुजरात पहिलो क्वालिफायर्समा चेन्नइ सुपरकिंग्ससँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell