PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

'क्विन अफ रक एन्ड रोल' टिना टर्नरको निधन



पहिलोपोस्ट

'क्विन अफ रक एन्ड रोल' टिना टर्नरको निधन
Photo : Reuters

रक एन्ड रोल गायिका टिना टर्नरको निधन भएको छ। ८३ वर्षीया टिनाको बुधवार स्विटजरल्याण्डको जुरिचस्थित उनकै निवासमा निधन भएको उनको परिवारले जनाएको छ।

'टिनासँगै विश्वले म्युजिक लेजेन्ड र एक रोल मोडल गुमाएको छ' परिवारले उनको मृत्युको जानकारी दिँदै भनेको छ।

सन् १९६० र ७० को दशकमा उनले कयौं रक एन्ड रोल गीत गाएकी थिइन्। सन् १९८४ मा उनले मल्टिप्लेटिनम एल्बम 'प्राइभेट डान्सर' सार्वजनिक गरेकी थिइन्। सो एल्बमको 'ह्वाट्स लभ गट टु डु विथ इट' गीत हिट भएको थियो। उनको गीत गाउने शैलीका कारण उनलाई क्विन अफ रक एन्ड रोल भनेर चिनिन्थ्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell