PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी



पहिलोपोस्ट

‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी

अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ। भारतीय सञ्चारमाध्यले फिल्मको नयाँ मितिबारे समाचार छापेका छन्।

निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ। हाल धमाधम छायाङ्कन भइरहेको ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहको पनि 'इन्ट्री' हुने बताइएको छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिकाका साथै फहद फासिलको मुख्य भूमिका रहेको छ। फिल्मको दोस्रो श्रृंखलामा अल्लु अर्जुन र फहद फासिलबीच टकराव हुनेछ, जसलाई ‘पुष्पा: द राइज’को अन्त्यमा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको थियो।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो पार्ट बक्स अफिसमा निकै सफल भएको थियो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell