PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

कांग्रेस रुपान्तरण अभियान, शुरु भयो जनकपुरबाट



पहिलोपोस्ट

कांग्रेस रुपान्तरण अभियान, शुरु भयो जनकपुरबाट

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरले बिहीवार जनकपुरबाट रुपान्तरण अभियान थालेको छ। पार्टी विधानअनुसार नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसँग सुझाव संकलनका लागि अभियान चलाइएको नेता रञ्जित कर्णले बताए। कर्ण मधेश प्रदेशमा यस अभियानका संयोजक हुन्।

अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, नेताहरु जगदीशनरसिंह केसी, भुपेन्द्रजंग शाही, गुरु घिमिरे, देवराज चालिसेलगायत पुगेका छन्। भेलामा मधेश प्रदेशका जिल्लाहरुबाट नेताहरु आइपुगेको कर्णले बताए। नेताहरुबाट प्राप्त सुझाव संकलनपछि थप कार्यक्रम चलाउने जनाएको छ।

अभियानको दोस्रो कार्यक्रम वाग्मतीको काठमाडौंमा जेठ १६ गते हुनेछ। त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ। विश्वभर छरिएर रहेका 'डायस्पोरा'बिच भने जेठ ३१ जुम मिटिङ हुनेछ।

संस्थापनइतरले कोशीमा गुरु घिमिरे, मधेसमा कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा प्राडा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मा दिएको थियो। डायस्पोरामा सुवास लोहनीलाई संयोजक तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell