PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी हुन् टिना टर्नरका चर्चित १० गीतहरु



पहिलोपोस्ट

यी हुन् टिना टर्नरका चर्चित १० गीतहरु
Photo : GETTY IMAGES

रक एन्ड रोल गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ। बुधवार स्विटजरल्याण्डको जुरिचस्थित उनकै निवासमा निधन भएको उनको परिवारले जनाएको छ।

यो संसारबाट सधैँका लागि अस्ताए पनि टिनाले गाएका गीतहरु अजम्बरी छन्। सन् १९६० र ७० को दशकतिर टर्नरले थुप्रै रक एण्ड रोल चर्चित गीत गाएकी थिइन्। जसबाट उनले गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सकिन। त्यसैले त टिनालाई गायन क्षेत्रमा ‘क्विन अफ रक एन्ड रोल’ उपनामले समेत चिन्ने गरिन्छ।

यी हुन् गायिका टिना टर्नरका चर्चित १० गीतहरु:

अ फूल इन लभ

टिना टर्नर र आइकेले ‘अ फूल इन लभ’ मार्फत राष्ट्रिय डेब्यू गरेका थिए। सन् १९६० मा सार्वजनिक यो गीत टिनाको पहिलो व्यवसायिक रिलिज थियो। यस गीतका शब्दहरुले एउटी महिलालाई पीडामा रहेको चित्रण गर्छ। गीतले टिनालाई रक एन्ड रोल गायिकाको रुपमा चर्चित बनाएको थियो।

रिभर डिप माउन्टेन हाइ

सन् १९६६ मा सार्वजनिक भएको टिना र आइकेको गीत ‘रिभर डिप माउन्टेन हाइ’ ‍हिट गीतमा पर्छ। यसमा फिल स्पेक्टर,  जेफ ब्यारीएली र ग्रीनविचको शब्द रहेको थियो। उत्कृष्ट पप गीतमा यस गीतको सधैँ चर्चा हुने गर्छ।

ह्वाट्स लभ गट टु डु विथ इट

‘ह्वाट्स लभ गट टु डु विथ इट’ टिनाको करियरको सबैभन्दा हिट गीत मानिन्छ। सन् १९८४ मा मल्टिप्लेटिनम एल्बम 'प्राइभेट डान्सर' समावेश यस गीतले टिनालाई निकै चर्चा दिलायो। ग्राहम लाइल र टेरी ब्रिटनद्वारा लिखित यस गीतले ग्रामी अवार्डमा विभिन्न विधामा अवार्ड जितेको थियो।

प्राउड मेरी

यो गीत सन् १९६९ मा क्रेडेन्स क्लियरवाटर रिभाइभलको लागि हिट भएको थियो। त्यसपछि टिना र आइकेले सन् १९७१ मा अर्को शैलीमा रूपान्तरण गरे। टिनाको स्वरले अमेरिकी फ्यानहरुमा निकै प्रभाव छाडेको थियो। जुन गीत बिलबोर्ड चार्टमा चौथो नम्बर हुनुका साथै ग्रामी अवार्ड समेत जित्न सफल भयो। यस गीतलाई जोन फोगर्टीले लेखेका थिए।

नटबश सिटी लिमिट्स

‘अ चर्च हाउस, जीन हाउस/ अ स्कुल हाउस’ यी शब्दहरुमार्फत टिनाले आफ्नो गृह शहरलाई प्रसिद्ध बनाइन्। यो गीत सन् १९७३ मा रिलिज भएको थियो। यसको तीनवर्षपछि टिनाले वर्षौको दुर्व्यवहारबाट मुक्त हुन आइकेलाई छोडिन्।

लेट्स स्टे टुगेदर  

श्रीमान आइकेसँग छुटिएपछि टिनालाई सोलो गायिकाको रुपमा आफूलाई स्थापित गर्नु थियो। सोहिबेला मार्टिन वेयर र ग्लेन ग्रेगरी आफ्नो ब्रिटिश इलेक्ट्रिक फाउन्डेशन परियोजनाको लागि कभर संस्करणहरूको लागि गायक खोजिरहेको थियो। जुन कभर गाउने मौका टिनाको पोल्टामा पर्‍यो। टिनाले गाएको यो गीत अल ग्रीनको कभर संस्करण हो। जुन गीत अल ग्रीन, विली मिचेल र अल ज्याक्सन जूनियरद्वारा लेखिएको थियो।

प्राइभेट डान्सर

सुरुमा यो गीत डायर स्ट्रेटको एल्बम लभ ओभर गोल्डको लागि तयार पारिएको थियो। एउटा इन्स्ट्रमेन्टल ट्रयाक रेकर्ड गरियो पनि। तर, मार्क नोफ्लरले पुरुष गायकका लागि यो गीतलाई उचित ठानेनन्। त्यसपछि यो गीत टर्नरको स्वरमा रेकर्ड गरिएको थियो। जुन गीत टिनाका लागि हिट साबित भयो।

वी डन्ट निट एनोदर हिरो

फिल्म ‘म्याक्स वियोन्ड थन्डरडोम’ मा समावेश यो गीत टिनाको स्वरमा रेकर्ड गरिएको थियो। ग्राहम लाइल र टेरी ब्रिटनद्वारा लेखिएको गीतमा मेल गिब्सन र टर्नरले अभिनय गरेका थिए। फिल्म हिट नभए पनि यो गीत सर्वश्रेष्ठ मौलिक गीतको लागि गोल्डेन ग्लोब पुरस्कार र सर्वश्रेष्ठ महिला पप भोकल प्रदर्शनको लागि ग्रामीको नोमिनेशनमा परेको थियो।

द बेस्ट

सुरुमा यो गीत बोनी टायरले मूल संस्करण रेकर्ड गरेका थिए। त्यसपछि अर्को वर्ष टिनाले स्वरमा रेकर्ड गीतले  दर्शकमा ठूलो छाप पार्न सफल भएको थियो।

गोल्डेन आई

बोनो र एज द्वारा लेखिएको ‘गोल्डनआई’ पनि टिना टर्नरको गाएको हिट गीत थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell