PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रचण्डको दिल्ली भ्रमण अघि जयशंकर र शर्माबिच दिल्लीमा भेट



पहिलोपोस्ट

प्रचण्डको दिल्ली भ्रमण अघि जयशंकर र शर्माबिच दिल्लीमा भेट

काठमाडौं : भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। भारतको विदेश मन्त्रालयलमा आज उनीहरुबिच भेट भएको छ।

जयशंकरसँगको छलफलमा नेपाल र भारतबिच सदियौं पुरानो बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउनेबारेमा कुराकानी भएको शर्माले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारी भइरहँदा नेपाली राजदूतले जयशंकरलाई भेटेका हुन्। प्रचण्ड बजेट भाषणपछि भारत जाने तयारीमा रहेको बताइएको छ। तर, दुवै देशले भ्रमणबारे कुनै जानकारी दिएका छैनन्। आजको भेटमा पनि भ्रमण बारे कुरा भए नभएको बारे केही बताइएको छैन।

भारतीय संचारमाध्यमहरुले प्रचण्डको भ्रमण अर्को हप्ता तय भएको जनाएको छ। जयशंकर र शर्माबिच आज त्यही सिलसिलामा भेट भएको उनीहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell