PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते पेस हुने



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम  जेठ १४ गते पेस हुने

काठमाडौं : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका हुन्।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन्।

वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०-८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमाथिको छलफल पनि आज सकिएको छ। जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल आज बिहीबार सकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell