PahiloPost

Oct 4, 2023 | १७ असोज २०८०

'पठान भर्सेस टाइगर' मा दीपिका र कैटरिना पनि



पहिलोपोस्ट

'पठान भर्सेस टाइगर' मा दीपिका र कैटरिना पनि
Photo: Bollywood Hungama

सलमान खान र शाहरुख खानको मुख्य भूमिका रहने फिल्म ‘टाइगर भर्सेस पठान’ को चर्चा अहिले बलिउडमा चलिरहेको छ। यसैबीच दीपिका पादुकोण र कैटरिना कैफ पनि फिल्ममा देखिने खबर बाहिरिएको छ।

फिल्ममा दुवैजना अभिनेत्रीहरु सलमान र शाहरुखको जोडीको रुपमा देखिने बलिउड हंगामामा उल्लेख छ

‘वास्तवमा, निर्माताहरू अर्को वर्ष जनवरीमा काम सुरु गर्न खोजिरहेका छन्। शाहरुख र सलमानसँगै पठान र टाइगरका सह-कलाकारहरू दीपिका पादुकोण र कट्रिना कैफ हुनेछन्। यी दुईले अघिल्ला फिल्मकै भूमिका निभाउनेछन्,’ बलिउड हंगामामा उल्लेख छ।

फिल्मको शीर्षक ‘पठान भर्सेस टाइगर’ भए पनि यो फिल्म दुई जासूसहरू बीचको प्रतिस्पर्धामा आधारित हुनेछैन। यो फिल्ममा एक खलनायक विरुद्धमा दुई अभिनेताहरू खडा हुनेछन्। जसको लागि निर्देशक सिद्धार्थ आनन्दले सलमान र शाहरुख बराबरको भिलेन खोजिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell