PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव पुग्यो राष्ट्रपति कार्यालयमा



पहिलोपोस्ट

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव पुग्यो राष्ट्रपति कार्यालयमा

काठमाडौं : टीकापुर हत्याकाण्डमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाउन राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ। जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने गरी राष्ट्रपति कार्यालयमा फाइल पुगेको हो।

आममाफीसम्बन्धी फाइल बुधवार आइपुगे पनि अध्ययन गर्न भने बाँकी रहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुवँरले बताए।

'प्रशासनले हेर्न पाएको छैन। भोलि अध्ययन गरेर प्रशासनबाट ब्रिफिङ हुन्छ,' कुवँरले भने।

राष्ट्रपतिको कार्यालयमा आइपुगेको फाइल आममाफीसम्बन्धी भएको उनले बताए। आममाफीका लागि गृहमा परेको निवेदन शीतल निवास पुगेको हो।

२०७२ भदौ ७ गते मधेश-थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ जना भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

सोही प्रकणमा रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो। घटनाका मुख्य आरोपी सांसद भएको समयमा चौधरी जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरेको थियो। चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell