PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जावलाखेलमा भोटोजात्राको रौनक, रातो मछिन्द्रनाथलाई बुंगमती लगिँदै

जावलाखेलमा भोटोजात्राको रौनक, रातो मछिन्द्रनाथलाई बुंगमती लगिँदै

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो देखाइएको छ। जावलाखेलमा रहेको रथको चारै दिशाबाट भोटो देखाइएको हो।

भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जावलाखेल पुगेका थिए। उनीहरुले रातो मछिन्द्रनाथको प्रसाद ग्रहण गर्नुका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका गह्रण गरेका थिए।

जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरु जावलाखेल पुगेका थिए।

प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको कथन छ। यद्यपि, जात्रा कहिलेबाट सुरु भयो र यससँग जोडिएका किम्बदन्तीबारे थप अध्ययन आवश्यक रहेको बताइन्छ।

भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमतीमा रहेको मन्दिरमा लगिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell