PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

विश्व स्वास्थ्य संगठनलाई नेपालले भन्यो, 'सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउँछौँ'



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनलाई नेपालले भन्यो, 'सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउँछौँ'
Photo: twitter.com/DrTedros

स्वस्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका छन्।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ग्रेबियससँगको भेटमा उनले नेपालले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका हुन्।

टेड्रोसले ट्वीटरमार्फत नेपालले गरेको प्रतिबद्धता सार्वजनिक गर्दै करबाट आउने रकमले विपन्नहरुको स्वास्थ्य सेवामा लगाउन सहयोगी हुने बताएका छन्।

उनले नेपाललाई टाइफाइड भ्याक्सिनमा विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने बताएका छन्। साथै टेड्रोसले नेपालमा क्षयरोग निर्मूल पार्न र डेंगुलगायतका रोग अन्त्य गर्न सहकार्य गर्ने पनि बताएका छन्।

डब्लुएचओको ७६औँ महासभामा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत जेनेभामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell