PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘हुक्का’, ‘टुल्की’ र ‘द लिटल मर्मेड’ भयो रिलिज



पहिलोपोस्ट

‘हुक्का’, ‘टुल्की’ र ‘द लिटल मर्मेड’ भयो रिलिज

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्महरु प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘हुक्का: एन एब्सर्ड ड्रिम’, ‘टुल्की’ र हलिउड फिल्म ‘द लिटल मर्मेड’ रिलिज भएका हुन।

शम्भु थापाको निर्देशन रहेको फिल्म ‘हुक्का’ मा प्रमिला खनाल, सन्तोष कुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने मुख्य भूमिकामा छन्। सन्तोष कुमार आत्रेयको कथा रहेको फिल्मको पटकथा भगवान पौडेलका साथै आत्रेयले लेखेका हुन्।

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ पनि रिलिज भएको छ। देवजंग थापा निर्देशित  फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ। यस फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी रहेको छ।

त्यसैगरि, आजैबाट रिलिज भएको हलिउड फिल्म ‘द लीटल मर्मेड’ मा मेलिसा म्याकार्थी, हेले बेली, जोनाह ह्याभर-किंग, सिमोन एशलेको अभिनय रहेको छ। रोब मार्शल निर्देशित यो फिल्म एड्भेन्चर र फ्यामली जनरामा बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell