PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

जापानमा गोली र चक्कु प्रहार गरि तीनजना हत्या, थप एकको मृत्युको कारण खोज्दै प्रहरी



पहिलोपोस्ट

जापानमा गोली र चक्कु प्रहार गरि तीनजना हत्या, थप एकको मृत्युको कारण खोज्दै प्रहरी
Photo : Getty Images

जापानमा प्रहरीले गोली र चक्कु प्रहार गरि चारजनाको हत्या भएपछि एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले पहिला एक महिलालाई चुक्कु प्रहार गरेको छ। त्यसपछि गोली चलाइ दुईजना प्रहरीको हत्या गरेको खुलेको छ। पछि थप एकजना मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका थिए।

स्थानीय मिडियाले पक्राउ परेका संदिग्ध व्यक्ति नकानो शहरका मेयर मसमिची अकोइका छोरा भएको उल्लेख गरेका छन्। सो घटनापछि गोली चलाउने व्यक्तिले आफैलाई अकोइको घरभित्रै कयौं घण्टा बन्द गरेर राखेका थिए। प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो।

जापानमा बन्दुक आतंक निकै दुर्लभ मानिन्छ। पूर्व प्रधानमन्त्री सिन्जो आबेको गत वर्ष गोली हानी हत्या गरिएको थियो। केही महिना अघि जापानी प्रधानमन्त्री फुमियो किशिदाको हत्या प्रयास भएको थियो। तर, सुरक्षाकर्मीले उनलाई बचाएका थिए।

पक्राउ परेका व्यक्तिले किन उनीहरुको हत्या गर्‍यो भन्ने खुलेको छैन। एक महिला र दुई सुरक्षाकर्मीसँगै मारिएको अर्का एक वृद्ध महिलाको मृत्यु कसरी भयो भन्ने पनि खुलेको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell