PahiloPost

May 28, 2023 | १४ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु हुने



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु हुने

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार अदालतमा दर्ता भएको मुद्दामा अभियुक्तहरुको बयान आज बाट सुरु हुँदैछ। जिल्ला अदालत काठमाडौंमा उनीहरुसँग आजदेखि बयान लिइनेछ।

सरकारी वकिल कार्यालयले बुधवार यस प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमा १४ जना फरार रहेका छन्।

प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको थियो। तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको थियो। ३० जना विरुद्धै २८ करोड ८१ लाख बिगो माग दाबी सहित पाँचवटा मुद्दा दर्ता भएका छन्।

चैत ११ गतेदेखि जेठ ४ गते सम्म पक्राउ परेर हिरासतमा रहेकाहरुको बयान आजबाट हुनेछ। त्यसपछी थुन्छेक बहस हुन्छ। त्यस्तै, प्रहरीले फरारको खोजी र थप अनुसाधान जारी रहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell