PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

आजको मौसम : हल्का वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं : आज बिहान देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसले अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

अहिले देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell