PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अखिल त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट, होस्टेल व्यवस्थापनदेखि समयमा नै नतिजा प्रकाशन एजेन्डा



पहिलोपोस्ट

अखिल त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट, होस्टेल व्यवस्थापनदेखि समयमा नै नतिजा प्रकाशन एजेन्डा

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट चयन भएका छन्।

अनेरास्ववियुकोको केन्द्रीय कमिटी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटी र निकायमा उम्मेदवार रहेकाहरु स्वत: साविकको जिम्मेवारीबाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्व तत् पछाडिको नेतृत्वले गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा विष्ट त्रिवि जिल्ला कमिटीको संयोजकमा नियुक्त भएका हुन्।

नियुक्त भएसँगै विष्टले कार्यभारसमेत ग्रहण गरिसकेका छन्। यससँगै उनले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेका छन्।

उनले त्रिविमा महिला विद्यार्थीका लागि बनेको होस्टेलमा शिक्षा सेवा आयोग बसेको भन्दै सो भवन जे प्रयोजनका लागि बनेको हो त्यसै कामका लागि प्रयोग गराउन प्रयास गर्ने बताएका छन्। यस्तै, विष्टले पुरुष र महिला विद्यार्थीका लागि संचालित होस्टेललाई व्यवस्थित गर्न पहल गर्न बताउँदै पुस्तकालय व्यवस्थापन र त्यसलाई विद्यार्थीको सहज पहुँचमा ल्याउन प्रत्यन गर्ने पनि बताएका छन्।

यस्तै उनले विद्यार्थीलाई अखिलमा आकर्षित गराउन विभिन्न कार्यक्रम संचालन गर्नेसमेत बताएका छन्।

त्रिविमा नतिजा प्रकाशण महिनौंसम्म नहुने समस्या अत्याधिक भएको भन्दै उनले ३ महिनाभित्र नतिजा प्रकाशनका लागि दबाबमुलक कार्यक्रम गर्ने घोषणा गरेका छन्। यस्तै, परीक्षा नियन्त्रक कार्यालयलाई पनि ‘डिजिटलाइज’ गराउन अभियान नै चलाउनुपर्ने उनले बताएका छन्।

त्रिविमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै विश्वविद्यालयमा प्राज्ञीय वातावरण सिर्जनाका लागि जोड दिने र विद्यार्थीको हकहितका लागि लाग्ने उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell