PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी



पहिलोपोस्ट

प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा जेठ ५ गते प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गर्न बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

नीति तथा कार्यक्रम पारित भएपछि संवैधानिक व्यवस्था बमोजिम सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell