PahiloPost

May 24, 2026 | १० जेठ २०८३

‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै



पहिलोपोस्ट

‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाँदैछन्। अकल्याण्ड शहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन उनी न्यूजिल्याण्ड जान लागेका हुन्। त्यहाँ उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

नेपालले न्यूजिल्याण्डमा रहँदा सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।

नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell