PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

ओलीले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप लागेपछि एमालेद्वारा संसद अवरुद्ध



पहिलोपोस्ट

ओलीले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप लागेपछि एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा बिरोध जनाएको छ। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा एमालले बिना आधार   भ्रष्टाचारको आरोप लगाएको भन्दै रोस्टम घेराउ गरेको हो। 'आधारहीन ढंगले लगाएको आरोपबारे सरकारको धारणा के हो?,' एमालेका प्रमुख सचेतक पदम गिरीले भने।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले धारणा दिनुपर्ने गरिले बताए। सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell