PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा



पहिलोपोस्ट

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रचार विभाग प्रमुखमा मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मालाई शुक्रवार बिहान प्रचार विभागको प्रमुख तोकेका हुन्। पार्टीबाट आधिकारिक चिठी भने पाइनसकेको विश्वकर्माले बताए। 'बिहान कुरा भएको थियो। चिठी बन्दैछ भन्ने कुरा भयो,' पहिलोपोस्टसँग उनले भने।

उपनिर्वाचनपछि पार्टी कमजोर भएको भन्दै कांग्रेसभित्र पार्टीका विभाग गठनबारे प्रश्न उठेको थियो। महाधिवेशनपछि ६ महिनाभित्र विभागहरु गठन गर्नुपर्नेमा अझै पनि हुन सकेको थिएन। देउवाले दोस्रोपटक सभापति भएपछि पहिलोपटक प्रचार विभागको प्रमुख तोकेका हुन्।

जिम्मेवारी पाएसँगै पार्टीका नेताहरुसँग भेटेर थप छलफल गरेपछि प्रचारको नीतिहरु तय गरिने विश्वकर्माले बतए। 'पार्टीको नेताहरुसँग भेटेर थप छलफल गर्छु। त्यसपछि नीति तय गर्छु,' विश्वकर्माले भने।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell