PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भुटानी शरणार्थी प्रकरणमा 'देश बेचुवा' भनेपछि रिजाल बने आक्रामक



पहिलोपोस्ट

भुटानी शरणार्थी प्रकरणमा 'देश बेचुवा' भनेपछि रिजाल बने आक्रामक

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सर्वसाधरण बिच नोकझोक भएको छ।

आज बिहान बयानका लागि हिरासतबाट जिल्ला अदालत लैजानेक्रममा उनीहरुको भनाभन भएको हो। प्रहरीले नेतालाई गाडीमा राख्नुभन्दा पहिले भुटानी शरणार्थी प्रकरणमा मानिसहरुले गफ गरिरहेको रिजालले सुनेका थिए। त्यही क्रममा एक जनाले ' देश बेचुवा' भनेका थिए। त्यसछि नेता रिजाल भनाभनमा उत्रिएका थिए।

देश बेचुवा भनेकोमा रिजालले आपत्ति जनाएका थिए। रिजालको प्रतिक्रियापछि उनीहरुले यस विषयमा कुरा गर्न पाउने भन्दै थर्काएका थिए। त्यसपछि एकैछिन विवाद भएको थियो। विवादपछि रिजाललाई प्रहरीले भ्यानमा हुलेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार अदालतमा दर्ता भएको मुद्दामा अभियुक्तहरुको बयान आजबाट सुरु हुँदैछ। जिल्ला अदालत काठमाडौंमा उनीहरुसँग आजदेखि बयान लिइनेछ।

सरकारी वकिल कार्यालयले बुधवार यस प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको छ। जसमा १४ जना फरार रहेका छन्।

प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको थियो। तर, सरकारी वकिल कार्यालयले सरकार कागजात किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको छ। तीस जना विरुद्ध २८ करोड ८१ लाख बिगो माग दाबी सहित पाँचवटा मुद्दा दर्ता भएका छन्।

नेता रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जेठ ४ गते नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell