PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता



पहिलोपोस्ट

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

हेटौंडा : मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ। सरकारले १६ बैशाखदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीवारसम्म ६० जनाले उजुरी दर्ता गराएको हो।

मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार मकवानपुरमा मिटरब्याजीविरुद्ध सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका २६, मनहरीका गाउँपालिकाका ७, मकवानपुरगढीका ६, भीमफेदीका १२, कैलाशका ३, इन्द्रसरोवरका ३ र मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दामा काठमाडौंका २ र ललितपुरका १ जना रहेको जानकारी दिए।

उजुरी दर्ता गर्ने समय यहि जेठ १४ सम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गर्ने तयारी गरेको सहायक जिल्ला अधिकारी शर्माले बताए। उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराएर जिल्ला प्रहरी कार्यालय र प्रशासनले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको उनले बताए।

दर्ता भएको निवेदनमाथि प्रमाणको आधारमा सरकारी वकिलसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी गरिएको उनले जानकारी दिए। मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय आएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell