PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एन्फाले प्रायोजक खोज्न नसकेको भन्दै आलोचनामा उत्रिए क्बलहरु, 'पैसै दिएन, म्याच बलसमेत पाएका छैनौं'



पहिलोपोस्ट

एन्फाले प्रायोजक खोज्न नसकेको भन्दै आलोचनामा उत्रिए क्बलहरु, 'पैसै दिएन, म्याच बलसमेत पाएका छैनौं'

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगका १० क्लबहरुले एन्फाले पैसा नदिँदा लिग खेल्न कठिन भएको बताएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै लिगका लागि प्रायोजकसमेत खोज्न नसकेको एन्फा फिफा र एएफसीको फण्डमा निर्भर हुन खोज्दा लिगमा संकट ब्यहोर्नु परेको उनीहरुको आरोप छ।

'क्लबका पदाधिकारीहरुले आफ्नो मानो घटाएर क्लब सञ्चालन गरिरहनु परेको अवस्थामा न एन्फाले पूरा तयारी खर्च दिएको छ, न खेलिसकेको म्याच मनी दिन सकेको छ, न दोस्रो किस्ताको तयारी खर्च नै,' उनीहरुको आरोप छ, 'प्रतियोगितामा सहभागी क्लबलाई आजसम्म पनि पर्याप्त म्याच बल उपलब्ध गराएको छैन।'

एन्फाको आलोचनामा उत्रने क्लबहरुमा मछिन्द्र क्लब, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार, खुमलटार एफसी, चर्च ब्वाइज, एनआरटी, फ्रेन्ड्स क्लब, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा र संकटा क्लब छन्। तीन विभागीय र जावलाखेल युथ क्लबका प्रतिनिधिको भने उपस्थिति थिएन।

'एन्फाले न खेलिसकेको म्याच मनि दिन सकेको छ, न दोस्रो किस्ताको तयारी खर्च नै दिएको छ, 'उनीहरुको आरोप छ, 'प्रतियोगितामा सहभागी क्लबहरुलाई आजसम्म पनि पर्याप्त म्याच बल उपलब्ध गराउन सकेको छैन।'

उनीहरुले लिगका सबै खेलको प्रत्यक्ष प्रसारण नभएका कारण दर्शकले फुटबल हेर्न नपाएको आरोप लगाउँदै प्रतियोगिताको उचित तालिका नबनाउँदा खेलाडी घाइते भइरहेको बताए।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले यो विषयमा एन्फा नेतृत्वको पटकपटक ध्यानाकर्षण गराउँदा पनि केही नभएपछि मिडियामा आएको बताए। आफूहरुले लिग खेलिसक्ने र त्यसपछि आवश्यक परे कठोर कदम चाल्ने बताए। उनले फिफा र एएफसीकै फण्डबाट एन्फा चलाउन खोजेको आरोप लगाउँदा आवश्यक क्षेत्रको बजेट कटाएर अनावश्यक क्षेत्रमा लगानी गरिरहेको आरोप लगाए। उनले विदेश भ्रमण लगायत महिला विश्वकपको टिकटका लागि खर्च उपलब्ध गएको एन्फाले लिग र उमेर समूहको प्रतियोगितामा लगानी नगरेको आरोप लगाए।

एन्फाका पूर्वमहासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले नेपालको यू २३ टोलीलाई एएफसीको प्रतियोगितामा नपठाउने एन्फाको निर्णयको आलोचना गरे। एन्फाले बजेट नभएका कारण टोलीलाई सहभागी गराउन नसकेको बताउँदा चौतर्फी आलोचना भएको थियो। तुलाधरले व्यवस्थापकीय कमजोरीले नाम पठाउन नसकेपछि पैसा नभएको बहाना बनाएको आरोप लगाउँदै यसका लागि फिफा/एएफसीबाट आएको पर्याप्त बजेट रहेको फेहरिस्त लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell