A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996c108c00757.19385110): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996c108c00757.19385110,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996c108c1b1b2.21409652): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996c108c1b1b2.21409652,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996c108c52ef8.84741739): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996c108c52ef8.84741739,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति



पहिलोपोस्ट

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
फोटो : रासस

पाँचखाल (काभ्रे) : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा शुक्रवार यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन्।

प्रधानसेनापति शर्माले भने, ‘यूएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन।’

मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ। केही सञ्चारमाध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र(एलसी) नखोलिएको पनि स्पष्ट पारे।

कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारीसाधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढङ्गले समाचार सम्प्रेषण नगर्न सुझाव दिए।

उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्व पदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारीसाधनका लागि आवश्यक पार्टपूर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell