
काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः सरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले को विरोधका कारण रोकिएको बैठक अब ६ बजे मात्रै बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
यसअघि, एमालेले विरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो ३ बजेको लागि सरेको थियो।
बैठक अपराह्न १२:४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भएको जानकारी गराएको हो।
बैठकमा एमालेले बिना आधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै वेल घेराउ गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले धारणा दिनुपर्ने गिरीले बताए। सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए।
सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरुले रोस्टमअगाडि गएर नाराबाजी गरेका थिए। करिब पाँच मिनेटको नाराबाजीपछि सभामुखले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए।