PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपाल सेमिफाइनलमा पराजित, फाइनलमा भारत र काजकिस्तान भिड्ने

नेपाल सेमिफाइनलमा पराजित, फाइनलमा भारत र काजकिस्तान भिड्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल फाइनलको होडबाट बाहिरिएको छ। शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा काजकिस्तानसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमै यात्रा टुंग्याएको हो। फाइनलमा काजकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा नेपाल ३-२ को सेटमा पराजित भएको हो।

पहिलो सेटमा जितका लागि चर्को प्रतिस्पर्धा भएको थियो। नेपालले सर्भिसमा धेरै कमजोरी गर्दा काजकिस्तानलाई फाइदा भएको थियो। पहिलो सेट नेपालले २८-३० ले गुमाउन पुग्यो।

दोस्रो सेटमा भने नेपालले पुनरागमन गर्न सफल भयो। सुरुबाटै अग्रता बनाएको नेपालले २५-१६ को अन्तरले जित निकाल्न सफल रह्यो। तेस्रो सेटमा पनि नेपालले लयलाई कायम राख्न सफल भयो। जसअन्तर्गत सुरुबाटै अग्रता बनाएको नेपालले २५-१५ को जित निकाल्न सफल भयो। चौथो सेटमा नेपाल २५-१८ पराजय ब्यहोर्दा खेल पाँचौँ सेटसम्म पुगेको थियो।

खेलपछि नेपाली टोलीका प्रशिक्षक जान डी ब्रान्टले 'उचाइ' का कारण नेपाली टोलीले काजकिस्तानविरुद्धको खेलमा संघर्ष गरेको बताए। त्यस्तै कप्तान अरुणा शाहीले 'टफ' प्रतिस्पर्धीसँग खेल्दा खेलको स्तरमा भने सुधारको अवसर भएको बताइन्। सर्भिसमा राम्रो गर्न नसके पनि ब्लक र टिम अर्गनाइजेसनको पक्षमा राम्रो सुधार भएको बताइन्।  

निर्णायक सेटमा पनि आफ्नो लयलाई कायम राख्दै ७-१३ ले काजकिस्तानले जित निकाल्यो। फाइनलमा काजकिस्तान र भारत प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। भारतले उज्बेकिस्तानमाथि २५–१७, २५–२०, २५–१५ को सहज जित निकालेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell