PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्याटिङमा गिल र बलिङमा शर्मा चम्किँदा मुम्बई बाहिरियो, गुजरात र चेन्नइले आईपीएलको फाइनल खेल्ने



पहिलोपोस्ट

ब्याटिङमा गिल र बलिङमा शर्मा चम्किँदा मुम्बई बाहिरियो, गुजरात र चेन्नइले आईपीएलको फाइनल खेल्ने
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी सिजनको फाइनलमा चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रवार सम्पन्न दोस्रो क्वालिफायर्स खेलमा गुजरातले मुम्बई इण्डियन्समाथि जित निकालेसँगै फाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको हो। यसअघि चेन्नइले पहिलो क्वालिफायर्समा गुजरातमाथि नै जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो भने गुजरात दोस्रो क्वालिफायर्समा धकेलिएको थियो।

शुक्रवार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा मुम्बईमाथि ६२ रनको जित निकाल्दै गुजरातले लगातार दोस्रो पटक फाइनलको यात्रा सुनिश्चित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। गुजरातका लागि सानदार इन्निङ्स खेलेका शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहायतामा १२९ रन बनाए। त्यस्तै साइ सुदर्शनले ४३ रन बनाउँदा ऋद्धिमान साहले १८ रन बनाए। कप्तान हार्दिक पाण्ड्या २८ रनमा अविजित रहे। बलिङतर्फ आकाश मधवल र पियुस चावलाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईको प्रदर्शन सामान्य भन्दामाथि उठ्न सकेन। १८.२ ओभरमा १७१ रनमा समेटिएको मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाउँदा तिलक वर्माले ४३ तथा क्यामरन ग्रिनले ३० रन बनाए। बलिङतर्फ टाइटन्सका मोहित शर्माले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शमी र राशिद खानले समान २ तथा जोस लिटले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell