PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने



पहिलोपोस्ट

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने
फाइल फोटो।

काठमाडौं : प्रतिनिधिसभाको बैठक शनिवार अपराह्न ४ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार शनिवारको बैठकमा गत जेठ ५ गते राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गर्न बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। नीति तथा कार्यक्रम पारित भएपछि संवैधानिक व्यवस्था बमोजिम सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेछ।

शुक्रवारको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण स्थगित भएको थियो। बैठकमा एमालेले बिना आधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै वेल घेराउ गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले धारणा दिनुपर्ने गिरीले बताए। सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरुले रोस्टमअगाडि गएर नाराबाजी गरेका थिए।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell