PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

देउवालाई केन्द्रीय सदस्य शिवाकोटीले भने : यही ताल हो भने कांग्रेसको मतदाता नि नरहन सक्छ



पहिलोपोस्ट

देउवालाई केन्द्रीय सदस्य शिवाकोटीले भने : यही ताल हो भने कांग्रेसको मतदाता नि नरहन सक्छ

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अहिले फाली खुस्किएको हलोजस्तै भएको बताएका छन्। नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा शिवाकोटीले उक्त भनाइ राखेका हुन्।

प्रेस युनियनमा नयाँ नेतृत्व आएपछि लोभलाग्दो काम गरेको उल्लेख गर्दै कांग्रेसले भने बाटो बिराएको उनको दाबी रह्यो। 'तर काँग्रेस अहिलेहामी कुहिरोको कागजस्तो भएका छो। केन्द्रीय समिति छैन। फाली खुस्किएको हलोजस्तो भएको छ। ९ महिनायता केन्द्रीय समिति बैठक भएको छैन,' शिवाकोटीले भने, 'कसरी चलायमान होला यसरी? नेतृत्वले निर्मम समीक्षा गर्नुपर्छ। राम्ररी नलागे २०८४ को चुनाव फलामको च्युरा हुनेछ। सभापति देउवाज्यु, विभागहरु चलायममान बनाउनु होला। नत्र हाम्रो मतदातासमेत नरहन सक्छ।'

कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell