PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

बैङ्ग्लोर उडान गरेको २५ मिनेटमै नेपाल एयरलाइन्सको जहाज फर्कियो, के चरा ठोक्किएको हो?



पहिलोपोस्ट

बैङ्ग्लोर उडान गरेको २५ मिनेटमै नेपाल एयरलाइन्सको जहाज फर्कियो, के चरा ठोक्किएको हो?

काठमाडौं : शनिवार दिउँसो काठमाडौ - बैङ्ग्लोर उडान गरेको नेपाल वायुसेवा निगमको जहाज २५ मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए।

'एक सय ५६ जना सवार जहाज सकुशल अवतरण भइसकेको छ। जहाजमा चरा ठोकिएको अनुमानित रिपोर्ट आएको छ। अहिले भएको के हो भन्ने विषयमा निरीक्षण र परीक्षण सुरु भइसकेको छ,' प्रवक्ता सिटौलाले भने।

उनका अनुसार यो जहाज १:४५ बजे उडान गरेको थियो भने २:१० मा अवतरण गरिएको हो। जहाजले ४० माइल पार गरेपछि समस्या आएको उनले जानकारी दिए।

यसअघि फ्लाइ दुबइको विमानमा विवादित बन्न पुगेको थियो। विमानमा चरा ठोक्किएको वा नठोक्किएको भन्ने विवाद निरुपण भइसकेको छैन। सुरुमा चरा ठोक्किएकाले ल्यान्ड गर्न प्रयास गरेको भए पनि पछि दुवई उडान जारी राखेको थियो। पाइलटले चरा ठोक्किएको बताए पनि नेपाल एयरलाइन्सको विमानमा साँच्चै चरा ठोक्किएको हो या होइन अनुसन्धानपछि थाहा हुने सिटौलाले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell