PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एमाले फेरि अवरोधमा उत्रिएपछि प्रचण्डले भने : ओलीलाई भ्रष्टाचारको आरोप लगाउनु ठीक होइन



पहिलोपोस्ट

एमाले फेरि अवरोधमा उत्रिएपछि प्रचण्डले भने : ओलीलाई भ्रष्टाचारको आरोप लगाउनु ठीक होइन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज पनि विरोध जनायो। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाएका हुन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोल्ने बताएपछि एमालेका सांसद बसेका थिए। त्यसपछि प्रचण्डले सम्बोधन गरे।

आजै बिहान सत्ता र प्रतिपक्षी दलका नेताहरुबिच एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा जलहरी लगाउँदा अनियमितता भएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आरोप लगाएका थिए। वैशाख १० गतेको उक्त आरोपलाई प्रतिनिधि सभाको शनिवारको बैठकमा रेकर्डबाट हटाएको सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विपक्षी दलको नेतालाई आरोप लगाउनु ठीक नभएको भन्दै रेकर्डबाट हटाउनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell