PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

ओलीलाई प्रचण्डको प्रश्न : पहिलाको नीति कार्यक्रम गुणात्मक थियो र?



पहिलोपोस्ट

ओलीलाई प्रचण्डको प्रश्न : पहिलाको नीति कार्यक्रम गुणात्मक थियो र?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमा तत्काल कुनै परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। 'परम्पराभन्दा भिन्न छोटो र मूर्त रुपमा देशको समस्या समाधानको लागि तयार पार्दा होला कि भनेर छलफल राजनीतिक रुपमा गरे,' प्रचण्डले भने। प्रचण्डले पनि व्यवहारमा नीति कार्यक्रम कार्यान्वय हुन नसकेको स्वीकारेका छन्। उनले सुन्दा राम्रो हुने भए पनि कार्यान्वयन नहुने गरेको बताए। 'हरेक वर्ष नीति कार्यक्रम आउछ सुन्दा राम्रै सुनिन्छ तर व्यहारमा जस्तो प्रस्तुत हुन्छ त्यस्तो हुदैँन,' प्रचण्डको भनाइ छ।

जेठ ५ मा संसदमा पेश भएको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूले सम्झौता गरेर नीति कार्यक्रम आएको बताए। 'हाम्रो काम गर्ने तरिकामा तत्काल परिवर्तन गर्न नसकिने भएकाले मैले सम्झौता गर्नुपर्ने ठानेर नीति कार्यक्रम तयार पारे,' उनले भने। प्रचण्डले नीति कार्यक्रम कर्मकाण्डी नै भएको बताए। उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको बताए। 'यो एक हदसम्म कर्मकाण्डी नै छ। पोहोर सालको सरकारले ल्याउने सरकारले पनि यस्तै हुन्थ्यो। त्यसो भने पूर्व सरकारको नेतृत्व गर्ने सरकारका साथीहरुले भन्नुपर्ने हुन्छ पहिलाको के गुणात्मक रुपले फरक थियो र?,' एमालेका अध्यक्ष ओलीलाई लक्षित गरेर प्रचण्डले सोधे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell