PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

सोसल मिडियामाथि खनिए प्रचण्ड : सुन्न र हेर्न सकिन्नँ



पहिलोपोस्ट

सोसल मिडियामाथि खनिए प्रचण्ड : सुन्न र हेर्न सकिन्नँ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया र सोसल मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले मिडियाको भाषामाथि प्रश्न उठाएका हुन्। 

'मिडियामा अझ सोसल मिडियामा एक खालको अराजकता हो कि भन्ने हामीलाई भान हुन्छ। त्यहाँ प्रयोग भएका भाषा हेर्न सुन्न सकिन्न,' उनले भने। 
उनले सोसल मिडियामा आउने समाचार भ्रामक हुने टिप्पणिीगरेका छन्। भाषाशैली पनि तल्लो स्तरको भएको उनले बताए। 'सोसल मिडियामा कयौं समाचारहरु सत्य हुदैँनन्, कपोकल्पित र त्यहाँ भएको भाषा धेरै तल्लो स्तरको हुन्छ। फोटोहरु हेर्न नसकिने हुन्छ,' उनले भने।

प्रचण्डले नेपालमा स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताएका छन्।  'हाम्रो जस्तो स्वतन्त्र भन्ने कि अराजकता भन्ने मैले अन्त देखिन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell