PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मिस नेपाल २०२३ को ताज सृच्छा प्रधानलाई, रुबी राणाकी छोरीलाई मिस इन्टरनेसनल



पहिलोपोस्ट

मिस नेपाल २०२३ को ताज सृच्छा प्रधानलाई, रुबी राणाकी छोरीलाई मिस इन्टरनेसनल

ललितपुर : मिस नेपाल २०२३ को ताज सृच्छा प्रधानले पहिरेकी छिन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।

गतवर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिर्‍यादिइन्। त्यसैगरी, 'मिस नेपाल अर्थ' दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह 'मिस नेपाल इन्टरनेसनल' घोषित भइन्। प्रसिद्धि नेपालकी पहिलो मिस नेपाल वर्ल्ड रुबी राणाकी छोरीसमेत हुन।

फिनालेमा २४ जना प्रतिस्पर्धी भिडेका थिए।

विभिन्न विधामा उत्कृष्ट हुनेहरुको नाम

मिस पपुलर च्वाइस- प्रसिद्धि शाह

मिस फिटनेस क्विन- ऐश्वर्या श्रेष्ठ

मिस ग्लामर- गृष्मा अधिकारी

मिस कन्फिडेन्ट- प्रज्ञा बज्राचार्य

मिस हेल्थी स्किन- राइना मजगाई

मिस मल्टीमिडिया - सुहानी खड्का क्षेत्री 

मिस इन्टेलेक्चुअल- ऐश्वर्या श्रेष्ठ

फेस अफ द इयर- सृच्छा प्रधान

वुमन विथ द विङ्स- उन्नति गुरुङ

मिस फोटोजेनिक- कृतिका खड्का

मिस डीएचाआई- सृच्छा प्रधान

ब्युटी विथ प्रपोज- आयुष्मा बराल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell