PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

प्रतिनिधि सभाबाट पनि पारित भयो नीति तथा कार्यक्रम



पहिलोपोस्ट

प्रतिनिधि सभाबाट पनि पारित भयो नीति तथा कार्यक्रम

काठमाडौंः वार्षिक बजेट संघीय संसदमा पेश हुनुभन्दा दुई दिनअघि प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार नै नीति कार्यक्रम पारितको कार्यसूची भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण बैठक चल्न सकेको थिएन। 

बहुमतले सरकारो नीति तथा कार्यक्रम पारित भएको हो। 

शनिबार सर्वदलीय सहमतिपछि बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएसँगै पारितको प्रक्रिया अघि बढाइएको थियो। 

नीति कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते पेश गरेका थिए। 

नीति कार्यक्रममा जेठ ७ गतेबाट छलफल प्रारम्भ भएको थियो। राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell