PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेदरल्यान्ड्समा प्रदर्शनमा उत्रिएका जलवायु अभियन्तामाथि प्रहरी धरपकड, १५०० बढी प्रदर्शनकारी पक्राउ



पहिलोपोस्ट

नेदरल्यान्ड्समा प्रदर्शनमा उत्रिएका जलवायु अभियन्तामाथि प्रहरी धरपकड, १५०० बढी प्रदर्शनकारी पक्राउ
Photo : Phil Nijhuis/ANP/picture alliance

नेदरल्यान्ड्समा जलवायु परिवर्तन नियन्त्रणका लागि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। शहरको मुख्य सडक बन्द हुने गरि हजारौं जलवायु अभियन्ताहरुले प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन बल प्रयोग गरेकझ हो।

‘एक्टिन्क्सन रेबेलियन’ ले आयोजना गरेको प्रदर्शनमा अभिन्यन्ताहरु ‘फोसिल फ्यूल’मा दिइँदै आएको अनुदान रोक्न माग गर्दै ए१२ हाइवेमा भेला भएका थिए। त्यसपटि प्रहरीले अश्रुग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो। अभियन्ताहरुले पहिलादेखि नै रेनकोट र स्वीमसुट लगाएर त्यहाँ पुगेका थिए।

जलवायु परिवर्तनबाट भइरहेको विनाश रोक्न माग गर्दै भएको प्रदर्शनमा सेलिब्रेटीहरु पनि सहभागी भएका थिए। ‘एक्टिन्क्सन रेबेलियन’ ले भने सडकमा भेला भएको १५ मिनेटमा नै प्रहरीले बल प्रयोग गरेको आरोप लगाएको छ। तर, प्रहरीले भने पहिला नै प्रदर्शनकारीहरुलाई त्यहाँबाट हट्न भनेको दाबी गरेको छ। प्रहरीले त्यहाँबाट हट्न अस्वीकार गरेका १ हजार ५७९ जनालाई पक्राउ गरेको थियो। ती मध्ये ४० जनामाथि मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रहरीले धरपकड गरेर प्रदर्शनमा उत्रिएका अभियन्ताहरुलाई बसमा राखेका थिए। सडकमा भएको ‘ब्ल्केड’ हटाउन प्रहरीले बल प्रयोग गरेको स्पष्टीकरण दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell