PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

संघीय संसदको संयुक्त बैठक आज, यस्तो छ कार्यसूची



पहिलोपोस्ट

संघीय संसदको संयुक्त बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं : आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। बिहान ११ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइएको छ।

आजको बैठकमा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बठै क र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

यस्तै, प्रधानले नै ‘संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको संयुक्त बैठकले सो प्रस्ताव पारित गर्ने कार्यसूची छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell